२६ बैशाख २०८१, बुधबार
Follow Us

देशभर थपिए १३५९ जना कोरोना संक्रमित , थप १४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१९ भाद्र २०७७, शुक्रबार १२:२७

काठमाडौ । नेपालमा अहिले सम्मकै सर्वाधिक संख्यामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ६ सय ३८ पीसीआर परीक्षण गर्दा ४ सय ६४ महिला र ८ सय ९५ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४ हजार २ सय ३६ पुगेको छ ।

काठमाडौं उपत्यकाका थप ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा बढी संक्रमित थपिएकामा सुनसरी ३९, झापा २८, मोरङ ७६, धनुषा ४३, सर्लाही ८०, महोत्तरी ४६, रुपन्देही ४४, बाँके ४८, चितवन ८२ रहेका छन् । अहिले देशभरका आइसोलेशनमा १८ हजार ४ सय ४ जना रहेका छन् । तिमध्ये ७ हजार ४ सय ६२ होम आइसोलेसन र १० हजार ९ सय ४२ संस्थागत आइसोलेसनमा रहेका छन ।

पछिल्लो २४ घन्टामा १३ सय ५४ जना संक्रमित डिस्चार्ज भएका छन । योसँगै कोरोनामुक्त हुनेको संख्या २५ हजार ५ सय ६१पुगेको छ । देशभरि क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म ७ लाख ४५ हजार ४ सय ९० वटा पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घन्टामा थप १४ जनाको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र दस जना पुरुष रहेका छन् ।

काठमाडौ तीन र चितवनमा एक जना महिलाको मृत्यु भएको छ । त्यस्तै सप्तरी दुइ, काठमाडौ , धनुषा, कास्की, नवलपरासी, प्यूठान, रुपन्देही, पाल्पा र सुर्खेतका एक एक पुरुषको पनि मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।