२१ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतमा एकैदिन थपिए ९० हजार बढी कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०७७, आईतवार ०४:१४

नयाँ दिल्ली । शनिवार पनि भारतमा विश्वमा सबैभन्दा धेरै ब्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो एकै दिन भारतमा ९० हजार ६ सय जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या अहिलेसम्म एकै दिन एउटै मुलुकमा संक्रमण पुष्टि भएको अहिलेसम्मको सर्वाधिक संख्या हो ।

भारतमा संक्रमितको संख्या ४१ लाख १० हजार नाघेको छ । हिजो एकै दिन १ हजार ४४ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० हजार ६ सय ७९ पुगेको छ । भारतमा अहिलेसम्म ३१ लाख ७७ हजार संक्रमित निको भएका छन् ।

त्यस्तै अमेरिकामा हालसम्म ६४ लाख ३१ हजार ८ सयमा संक्रमण पुष्टि भएको छ । त्यहाँ १ लाख ९२ हजारको मृत्यु भएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या ४१ लाख नाघेको छ भने त्यहाँ १ लाख २६ हजार २ सय भन्दा बढीले ज्यान गुमाएका छन् ।

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ६२ हजार नाघेको छ । निको हुनेको संख्या १ करोड ९१ लाख भन्दा बढी छ । कोरोनाबाट हालसम्म ८ लाख ८३ हजार ८ सय भन्दा बढीको मृत्यु भएको छ ।