१८ बैशाख २०८१, मंगलवार
Follow Us

कुलमानको समर्थनमा भएको प्रदर्शनीमा प्रहरीद्वारा हस्तक्षेप

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७७, बुधबार ०९:०२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई नियुक्त गर्नुपर्ने मागसहित काठमाडौंको माइतिघर, बबरमहल र अनामनगरतर्फबाट एकैपटक सरकारविरुद्ध प्रदर्शन गरिए । उक्त प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गरेर तितरबितर बनाउन खोजेको थियो ।

माइतीघरमा प्रदर्शनीमा उत्रिएकाहरुलाई तितरबितर बनाउन पानीको फोहोरा हानको छ भने बबरमहलमा भिडलाई प्रहरीले लखेटेर विजुली बजारसम्म पु-याएको थियो ।

कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनको समर्थकहरु प्रदर्शनी भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन आदेश नै जारी गरेको छ । कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका थिए ।