२१ बैशाख २०८१, शुक्रबार
Follow Us

सिरहा कारागारका ५०७ कैदीमा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७७, शुक्रबार ०४:०९

सिरहा । जिल्ला कारागार सिरहा कोरोना संक्रमणको केन्द्र बनेको छ । कारागारमा रहेका ५ सय ९७ मध्ये ५ सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जेलर बबिता महतोका अनुसार अहिलेसम्म १८ महिला, २ आश्रित बालबालिका र ४ सय ८७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालयवाट पुर्पक्षका लागि कारागार पुर्‍याइएका व्यक्तिहरुबाट जेलका कोरोना फैलिएको अनुमान गरिएको छ । प्रहरीले पठाएका पाँचमध्ये चार जनामा जेलमा पुगेपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि जेलमा रहेका सबैको परीक्षण गर्दा मंगलबार १ सय ४८ र बुधबार २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो । कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छैन ।

जोखिम वढेसँगै कारागारमा कैदीबन्दीहरुलाई व्यवस्थापन गर्न समस्या देखिएको छ । अधिकांशलाई संक्रमण पुष्टि भएपछि कारागार आइसोलेसनमा परिणत भएको छ ।