१८ बैशाख २०८१, मंगलवार
Follow Us

भारतमा एकैदिन थपिए करिब ८६ हजार संक्रमित

नेपालब्रिटेन संवाददाता
९ आश्विन २०७७, शुक्रबार ०४:४५

नयाँदिल्ली । भारतमा एकैदिन करिब ८६ हजार संक्रमित थपिएका छन् । हिजो भारतमा थप ८५ हजार ९सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको हो । भारतमा अहिलेसम्म कूल संक्रमित संख्या ५८ लाख १६ हजार नाघेको छ ।

४७ लाख ५२ हजार ९ सय ९१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित ९ लाख ७० हजार ७ सय ७५ छ । आठ हजार ९ सय ४४ जना गम्भीर छन् । संक्रमितमध्ये ९२ हजार ३ सय १७ जनाको मृत्यु भएको छ ।

हिजो भारतमा एक हजार १ सय ४४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ विश्वमा संक्रमितको संख्या भने तीन करोड २३ लाख ९५ हजार नाघेको छ । हालसम्म दुई करोड ३९ लाख चार हजारभन्दा बढी संक्रमणमुक्त भईका छन् । मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार नाघेको छ ।