लन्डन । ईङलिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले आर्सनललाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले हराएको हो ।
लिभरपुलका लागि साडियो माने, रोबर्टस र डियोगो जोटाले एक–एक गोल गरे । उल्भ्सबाट लिभरपुल आएका जोटा डेब्यु गरेको खेलमा गोल सफल भएका हुन । आर्सनलका लागि एलेक्जेन्डर लाकाजेट्टीले एक गोल गरे ।
लिभरपुल लिगमा शतप्रतिशत जित सहित ३ खेलमा ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । यसअघि दुई खेल जितेको आर्सनल भने तेस्रो खेलमा पराजित भएको छ ।
आर्सनल ६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । लिग अन्तर्गत राति नै भएको खेलमा एस्टन भिल्लाले फुलह्यामलाई तीन शुन्यले पराजित गरेको छ ।