२३ बैशाख २०८१, आईतवार
Follow Us

डा. केसीको जीवन रक्षा गर्न प्रवासी नेपालीहरुको सरकारसँग अपिल

नेपालब्रिटेन संवाददाता
२२ आश्विन २०७७, बिहीबार ०५:१८

काठमाडौं । विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारसँग अपिल गरेका छन् ।

सरकारले तुरुन्त वार्ता सुरु गरी जायज मागहरु पुरा गर्न र उनको जीवन रक्षा गर्न नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रभागसहित खाडी मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आपिल गरेका हुन् ।

चिकित्सा शिक्षा सुधारका लागि केसीले अघि सारेका माग पुरा गर्न समेत अपिलमा माग गरिएको छ । अनसनरत डा. केसीसँग गरिएका सहमति कार्यान्वयन नहुँदाको परिणाम सत्याग्रह गर्न बाध्य डाक्टर केसीका माग पुरा गर्न वेवास्ता गरेको भन्दै विज्ञप्तीमा सरकारले निन्दा समेत गरिएको छ ।