१७ कार्तिक २०८२, सोमबार
Follow Us

देशभर थपिए ३०९३ नयाँ संक्रमित, २१०८ जना संक्रमण मुक्त

नेपालब्रिटेन संवाददाता
४ कार्तिक २०७७, मंगलवार ११:४०

काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रम निरन्तर जारी छ । मंगलबार ३ हजार ९३ जना नयाँ संक्रमित थपिएका छन् । १३ हजार ८६१ पीसीआर परीक्षण गर्दा ३ हजार ९३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ३९ हजार १३९ पुगेको छ । मंगलबार सक्रिय संक्रमिको संख्या ४१ हजार ७७५ पुगेको छ । संस्थागत आइसोलेसनमा १३ हजार ५५९ जना रहेका छन् भने होम आइसोलेसनमा २८ हजार १९६ जना बसेका छन् ।

दैनिक सयौंको संख्यामा संक्रमित थपिँदा सक्रिय संक्रमित राज्यको स्रोतले धान्नै नसक्ने अवस्थामा पुगेका छन् । २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ हजार १०८ रहेको प्रवक्ता डा. गौतमले जनाए । हालसम्म डिस्चार्ज हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।

थप ८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ जना पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २१०८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९६ हजार ६ सय ९ जना पुगेको छ ।

उपत्यकामा १७०२ जनामा संक्रमण
थपिएका संक्रमितमध्ये काठमाडौँमा १४३१ जना, भक्तपुरमा १४८ जना र ललितपुरमा १२३ जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा १७०२ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।

धेरै पढिएको