१७ कार्तिक २०८२, सोमबार
Follow Us

जनता समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई

नेपालब्रिटेन संवाददाता
४ कार्तिक २०७७, मंगलवार ११:४२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराई सर्वसम्मत चयन भएका छन् । सोमबार र मंगलबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने प्रस्ताव भएको थियो ।

उक्त प्रस्ताव सर्वसम्मत पारित भएको हो । स्रोतका अनुसार भट्टराईलाई पार्टी एकतामा गरिएको सहमतिअनुसार अध्यक्षमा चयन गरिएका हुन् । निर्वाचन आयोगमा दर्ता गर्नुअघि तीनजना अध्यक्ष राख्ने चर्चा चले पनि अन्तिम समयमा भट्टराईको नाममा टिपेक्स लगाएर दर्ता गरिएको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका भट्टराई अध्यक्षमा चयन हुनुअघि जसपाका वरिष्ठ नेता मात्रै थिए ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो ।

धेरै पढिएको