२० बैशाख २०८१, बिहीबार
Follow Us

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

नेपालब्रिटेन संवाददाता
८ कार्तिक २०७७, शनिबार ०७:४९

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनाका दिन २१ हजार ६ सयले उपत्यका छोडेका थिए भने पछिल्लो २४ घण्टामा ४८ हजारले उपत्यका छाडेका छन् ।

फुलपातीको दिन २४ घण्टामा ८ हजार ७ सय बढी गाडीमा सर्वसाधारण गृहजिल्ला गएका हुन् । यो क्रम आइतबार अर्थात् महानवमीसम्म चल्नेछ । पछिल्ला सात दिनमा उपत्यका छोड्नेको संख्या स २ लाख १८ हजार ९ सय पुगेको छ । उपत्यकामा विभिन्न कामको सिलसिलामा बसेकाहरू दसैंको टीका थाप्न घर जाने गर्दछन् ।

महाशाखाका अनुसार विगतको वर्षमा एकै दिन उपत्यकाबाट बाहिरिनेको संख्या लाखौँ हुन्थ्यो । यसपटक भने कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै उपत्यका छोड्नेको संख्या कम रहेको छ ।