२३ बैशाख २०८१, आईतवार
Follow Us

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल समूहको उम्मेदवारी दर्ता, ढकाल समूहमा को–को ?

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७७, मंगलवार १२:२१

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल समूहको उम्मेदवारी दर्ता, ढकाल समूहमा को–को ?काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकाल समूहले उम्मेदवारी दर्ता गराएको छ ।

मंगलबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उहाको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि ढकालले कोरोना र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए ।

ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका हुन । यसैगरी महासंघको केन्द्रीय सदस्यमा हेमराज ढकाल, कमला श्रेष्ठ, आकास अधिकारी, जय सिबाकोटी, सुबास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुबोध कुमार गुप्ता, सुमित केडिया, रबिन कुमार श्रेष्ठ, नरेश लाल श्रेष्ठले उम्मेद्वार दर्ता गराएक छन ।

यसअघि सोमबार महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले मनोनयन दर्ता गरेका थिए । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।