२९ बैशाख २०८१, शनिबार
Follow Us

महासचिव पौडेलद्वारा अध्यक्ष दाहालसँग छलफल

नेपालब्रिटेन संवाददाता
२४ कार्तिक २०७७, सोमबार ११:५८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवादमा सहमति खोज्न दोस्रो तहका नेताहरुले प्रयास जारी राखेका छन् । सोही क्रममा नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आज विहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा छलफल गरेका छन् । पौडेल प्रधानमन्त्री ओलीको सन्देश लिएर दाहालकोमा पुगेका हुन् ।

दाहालसहितका पाँच नेताले तीन दिनभित्र सचिवालय बोलाउन माग गरेपनि ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन् । असन्तुष्ट नेताहरुले बैठक बोलाउन दिएको समयसीमा सोमबार सकिँदैछ ।

प्रधानमन्त्री ओलीले शनिबार र आइतबार पनि महासचिव पौडेललगायत आफूपक्षीय नेताहरुसँग छलफल गरेका थिए । हिजो उनले बरिष्ठ नेता माधव नेपाल लगायतसँग भेटेर आफुलाई सहयोग गर्न र एकता जोगाउन आग्रह गरेका थिए ।

नेता नेपालले विवादका विषयलाई पार्टी बैठकवाटै टुग्याउन सुझाव दिएका थिए । ओलीले भने बैठकमा आफु सकारात्मक भएपनि छलफल हुने विषय पहिले निर्धारण हुनुपर्ने बताउँदै आएका छन् ।