२८ बैशाख २०८१, शुक्रबार
Follow Us

देशभर थपिए २५६९ नयाँ संक्रमित, १६६६ जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
२६ कार्तिक २०७७, बुधबार ११:२७

काठमाडौं । बुधबार कोरोना भाइरसका थप २ हजार ५६९ जना संक्रमित भएका छन् । नेपालमा कोरोना भाइरस -कोभिड-१९) संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।

१० हजार ८१ पीसीआर परीक्षण गर्दा २ हजार ५६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

बुधबार सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ । जसमध्ये जना संस्थागत आइसोलेसनमा १० हजार ५१९ र जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको संखया १ लाख ६२ हजार २४३ पुगेको छ । नेपालमा कोरोनाबाट थप २६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १७४ पुगेको छ ।