‘यस्तो छ सम्मेलनको तयारी’
टोकियो। गैरआवासीय नेपाली संघको आयोजनामा हुने १० औं एशिया क्षेत्रीय सम्मेलनमा परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी हुने भएकी छन्।
संघको १० औं एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन (संगम) आगामी मार्च १८ र १९ मा कम्बोडियामा आयोजना हुँदैछ।
संघका उपसंयोजक दिपक कंडेलका अनुसार मन्त्री देउवाको सहभागिताका लागि संघले मन्त्रालय मार्फत प्रक्रिया अघि बढाएको छ।
दुई दिनसम्म चल्ने सम्मेलनमा एनआरएनएका संस्थापक अध्यक्षसहित पूर्व अध्यक्षहरू, एनआरएनए अग्रज तथा अभियन्तालाई एउटै थलोमा राखेर एनआरएनएमा देखिएका विवादलाई मिलाउने उद्देश्यमा संगम नाम दिई १० औं एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन गर्न लागिएको एसिया प्यासिफिक एनआरएनएका क्षेत्रीय संयोजक हरिप्रसाद भट्टराईले जानकारी दिए।
“हामीहरू टुट्न, फुट्न होइन, जुट्न आवश्यक छ भन्ने हाम्रो मान्यता हो। त्यसैले विश्वमा रहेका ८० लाख नेपालीको भावना पूरा गरेर एसिया प्यासिफिकबाट संगमको सन्देश दिनेगरी सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्ने गरी तयारी थालेको छ,” संयोजक भट्टराईले बताए।
१० औं एशिया प्यासिफिक क्षेत्रीय सम्मेलन (संगम) लाई सफल बनाउनका लागि विभिन्न आयोजक तथा सल्लाहकार समिति गठन गरी व्यवस्थित रूपमा तयारी थालिएको एसिया प्यासिफिक एनआरएनए क्षेत्रीय उपसंयोजक दिपक कंडेलले जानकारी दिए।
उपसंयोजक कंडेलका अनुसार संयोजक हरिप्रसाद भट्टराईको संयोजकत्वमा १७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।
मूल आयोजक समितिको सहसंयोजकमा दिपक कंडेल, बिमल सुबेदी र दिपक कार्की, एसिया प्यासिफिक उपसंयोजक रहेका छन् भने सदस्यहरूमा अनिता गुरुङ (एसिया प्यासिफिक महिला संयोजक), लालसिंह खड्का (अध्यक्ष, क्याम्बोडिया), बिकास बस्नेत (एसिया प्यासिफिक युवा संयोजक), नारायण खड्का (एसिया प्यासिफिक युवा उपसंयोजक), नविन निउरे (अध्यक्ष, जापान), गोकर्ण ढकाल (अध्यक्ष, हङकङ), राकेश महतो (अध्यक्ष, मलेसिया), निर्मल शर्मा (अध्यक्ष, चीन), रुस्तम श्रेष्ठ (अध्यक्ष, मकाउ), बुद्धि गुरुङ (अध्यक्ष, दक्षिण कोरिया), भबिन्द्र बस्नेत (अध्यक्ष, थाइल्याण्ड), प्रभा पराजुली (अध्यक्ष, सिङापुर) र देवेन्द्र नौलखा (अध्यक्ष, म्यानमार) रहेका छन्।
सम्मेलनका लागि एनआरएनए आइसिसी अध्यक्ष डा. बद्री केसीसहित १३ जनाको सल्लाहकार समिति समेत बनाइएको छ। सल्लाहकारहरूमा डा. हेम राज शर्मा, रविन शेरचन (रोविन), राज रेग्मी, रामशरण सिमखडा, रोजिना प्रधान राइ (उपाध्यक्ष, आईसीसी), प्रविन गुरुङ (उपमहासचिव, आईसीसी), राधिका गुरुङ (टिका) (सचिव, आईसीसी), सुदन थापा (कोषाध्यक्ष, आईसीसी), कुमार कार्की (आइसीसी सदस्य, थाइल्याण्ड) र शंकरबहादुर पौडेल (एनआरएनए मलेसिया संस्थापक अध्यक्ष) रहेका छन्।
सम्मेलनका आर्थिक व्यवस्थापनका लागि हरिप्रसाद भट्टराईको संयोजकत्वमा अमृता थापा (कञ्चन) सहकोषाध्यक्ष, आइसीसी लालसिंह खड्का (अध्यक्ष, कम्बोडिया), नवीन कुमार विके (कोषाध्यक्ष, कम्बोडिया), दिपक कंडेल (एसिया प्यासिफिक उपसंयोजक) सदस्य रहने गरी एक समिति बनाइएको छ।
त्यसै गरी सम्मेलनको प्राविधिक पक्षमा सहयोग पुर्याउनका लागि पारसमणि पोखरेल (सचिव, आइसीसी) को संयोजकत्वमा राजेन्द्र कुमार राउत (प्रमुख कार्यकारी अधिकृत, एनआरएनए), रामप्रसाद पाध्याय (सल्लाहकार, एनसीसी कम्बोडिया), शिबराज पराजुली (उपाध्यक्ष, कम्बोडिया) र महेश श्रेष्ठ (आइटी प्रमुख, एनआरएनए सचिवालय सदस्य) रहने गरी टेक्निकल कमिटी समेत गठन गरिएको छ।