४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

मलेसियामा एक नेपाली युवकद्वारा नेपाली मुलकी युवतीको हत्या

नेपालब्रिटेन संवाददाता
२७ कार्तिक २०७७, बिहीबार ०८:५७

काठमाडौं । मलेसियामा एक नेपाली युवकले वैदेशीक रोजगारीमा गएकी नेपाली मुलकी युवतीको छुरा हानी हत्या गरेका छन् । मलेसियाको सेलेङ्गर शहरमा नेपाली युवकले नै छुरा हानी भारत सिक्किमकी युवतीको हत्या गरेको मलेसिया प्रहरीले जनाएको छ ।

हत्या हुनेमा भारतको सिक्किममा घर भएकी नेपाली राहदानी बाहक आइतमाया मगर रहेकी छिन् । मृतक युवती स्थानीय दर्शन नमस्ते रेष्टुरेन्टमा कार्यरत थिइन् । रेष्टुरेन्टमा ग्राहक बनेर गएका युवकले सामान्य विवादमा उनीमाथि छुरा प्रहार गरेका हुन् ।