२४ बैशाख २०८१, सोमबार
Follow Us

शनिबार थप १९४६ मा संक्रमण पुष्टि, १३ को मृत्यु

नेपालब्रिटेन संवाददाता
२९ कार्तिक २०७७, शनिबार १२:०४

काठमाडौँ । शनिबार नेपाल थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न ल्याबमा गरिएको ८ हजार ७५३ नमुना परीक्षणमा १ हजार ९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या दुई लाख ८ हजार २ सय ९९ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३७ हजार २२ छ ।

संक्रमितमध्ये ८१६ महिला र ११३० पुरुष रहेका छन् । प्रदेश १ मा २२७, प्रदेश २ मा ३८, बागमतिमा ९७८, गण्डकी ३९९, लुम्बिनी २०९, कर्णालीमा २ र सुदूरपश्चिममा ९३ जना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा ८३५ जना थपिएका छन् । काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर २५ सय ३ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ७० हजार ६७२ छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १३ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १२ सय १५ पुगेको छ।