२९ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना भाइरस विरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने : ओली

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७७, शुक्रबार ०७:२१

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिएका छन । कोरोना भाइरस संक्रमण सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै उनले कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने बताएका हुन ।

३१ औं विशेष महासभामा भर्चुअल माध्यमवाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप नाफा मुलक नभइ विश्वकै सबै देश र नागरिकको पहुँचमा पुग्ने गरी हुनुपर्ने उल्लेख गरेका हुन । खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको सराहना समेत गरेका छन ।

उनले गरीबी, बढ्दो असमानता, जलवायु परिवर्तनका कारण पर्ने संकट र कोरोना जस्ता महामारी फैलाउने भाइरसको संक्रमणको चुनौती विरुद्ध लड्न विश्वका सबै देश एकजुट हुनुपर्ने पनि बताए । महासभामा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि नेपालले गरिरहेको प्रयासबारे जानकारी गराएका थिए । संयुक्त राष्ट्रसंघको विशेष महासभामा अन्य देशले पनि आफ्नो अनुभव सुनाएका थिए ।