२९ बैशाख २०८१, शनिबार
Follow Us

हङकङले नेपाल वायुसेवा निगमको उडानमा चौथो पटक प्रतिबन्ध लगायो

नेपालब्रिटेन संवाददाता
१९ मंसिर २०७७, शुक्रबार १५:४८

काठमाडौं । हङकङले नेपाल वायुसेवा निगमको उडानमा चौथो पटक प्रतिबन्ध लगाएको छ । निगमको जहाजमार्फत हङकङ पुगेको यात्रुमा कोराना पोजेटिभ देखिएको भन्दै हङकङले तीन देखि पन्ध्र डिसेम्बरसम्म उडानमा प्रतिबन्ध लगाएको हो । पछिल्लो पटक निगमको जहाजमार्फत हङकङ पुगेको छ जना यात्रुमा कोरोना देखिएको थियो । यसअघि पनि हङकङले तीन पटक प्रतिबन्ध लगाउदै सरकारी प्रयोगशालाको कोरोना परीक्षण रिपोर्टलाई मात्रै मान्यता दिने निर्णय गरेको थियो । पहिलो पटक अक्टोबर ४ देखि नोभेम्बर १७ सम्म, दोस्रोपटक अक्टोबर २० देखि नोभेम्बर ३ सम्म र तेस्रो पटक नोभेम्बर १२ देखि २५ सम्म उडानमा प्रतिबन्ध लागेको थियो ।