३० बैशाख २०८१, आईतवार
Follow Us

१०९६ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७७, आईतवार १४:४१

काठमाडौं । नेपालमा थप एक हजार ९६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कुल ६,४९५ नमूना परीक्षण गर्दा ६ सय ८८ पुरुष र ४ सय ८ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको छ ।

आज काठमाडौं उपत्यकामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमित मध्ये काठमाडौंका ३५१ जना, भक्तपुरको ५९ जना र ललितपुको ७४ जना रहेका छन् । त्यस्तै प्रदेश १मा १ सय ३७, प्रदेश २ मा २९, बागमतीमा ५ सय ६३, गण्डकीमा १ सय ६६, लुम्बिनीमा १ सय ३७, कर्णालीमा २ र सुदुरपश्चिममा ६२ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार अहिले नेपालभरि १३ हजार ५ सय ८२ जनामा सक्रिय सङ्क्रमण छ । संक्रमितमध्ये ३ सय १३ जना सघन उपचार कक्ष र ५५ जना भेन्टिलेटरमा रहेका छन । त्यस्तै ८ हजार ४ सय ६१ जना होम आइसोलेसनमा र ५ हजार १ सय २९ जना संस्थागत उपचार केन्द्रमा छन ।

मन्त्रालयद्वारा प्रकाशित विवरण अनुसार विगत २४ घण्टाको अवधिमा थप १ हजार ७ सय ५२ जना संक्रमणमुक्त भएका छन । अहिलेसम्म कुल दुई लाख २५ हजार ८ सय पाँच जना संक्रमित निको भएका छन । नेपालमा सङ्क्रमित निको हुने दर ९३ प्रतिशतभन्दा बढी छ । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १७ लाख ८४ हजार ५ सय १९ पीसीआर नमूना परीक्षण गरिएको छ ।
अहिले क्वारेन्टिनमा ५ सय ३६ जना बसिरहेका छन । पछिल्लो २४ घन्टामा थप १७ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । कोरोना संक्रमणवाट हालसम्म १ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ ।