३१ बैशाख २०८१, सोमबार
Follow Us

संवैधानिक परिषदको बैठक आज बस्दै, बैठकमा देउवा पनि सहभागी हुने

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०७७, मंगलवार ०३:४७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक आजका लागि बोलाएका छन् । ओलीले रिक्त संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गर्न बैठक बोलाएका हुन् ।

बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी हुने भएका छन् । आइतबार प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाको अनुपस्थितिका कारण बैठक हुन सकेको थिएन ।

परिषद् बैठकमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ । संवैधानिक परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन् ।