२८ बैशाख २०८१, शुक्रबार
Follow Us

मन्त्रीपरिषद बैठकअघि प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद बैठक

नेपालब्रिटेन संवाददाता
२ पुष २०७७, बिहीबार ०९:४४

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्‌का अध्यक्षसमेत रहेका ओलीले आजै मन्‍त्रिपरिषद्को बैठक पनि बोलाएका छन् । उनले मन्‍त्रिपरिषद् बैठकअघि परिषद्को बैठक बोलाएका हुन् ।

ओलीले प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजे संवैधानिक परिषद्को बैठक बोलाएको स्रोतले जनाएको छ । परिषद्को बैठक बोलाउने विषयमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच छलफल भने भएको छैन । परिषद्को बैठकपछि आजै साँझ ६ बजे मन्त्रीपरिषद् बैठक बोलाइएको छ ।

प्रधानमन्त्री ओलीको एकल निर्णयबाट जारी भएको संवैधानिक परिषदको कार्यबिधि सम्बन्धि अध्यादेश फिर्ता लिने सहमती भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिना एजेण्डाको मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । मन्त्रिपरिषदको नियमित बैठक अन्तर्गत बिहीबार साँझ ६ बजेका लागि बैठक बोलाइएको भएपनि मन्त्रीहरुलाई बैठकको एजेण्डाका बिषयमा जानकारी नदिईएको एक मन्त्रीले बताए ।

अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्दा मन्त्रीहरुलाई थाहा नदिएपनि अध्यादेश फिर्ताका लागि भने मन्त्रिपरिषदको बैठकमा छलफल हुने सम्भावना रहेको अनुमान गरिएको छ ।