१३ असार २०८१, बुधबार
Follow Us

७७६ कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२ पुष २०७७, बिहीबार १०:५२

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९ सय ४७ जना रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय ८० जना रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसंगै कोरोना भाइरस संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ४९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा २७३, ललितपुरमा ४९ र भक्तपुरमा ४१ संक्रमित रहेका छन् ।