१ जेष्ठ २०८१, मंगलवार
Follow Us

सर्वोच्च अदालतमा नयाँ पदाधिकारीका लागि मतदान शुरु

नेपालब्रिटेन संवाददाता
४ पुष २०७७, शनिबार ०६:४५

सर्वोच्च अदालत बार एशोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान शुरु भएको छ । निर्वाचनमा प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी, जनजाति) पेशागत कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गर्नुभएको छ ।

प्रमुख निर्वाचन अधिकृत राजु खड्काका अनुसार सर्वोच्च बारमा भौतिक दूरी कायम गरी मतदान प्रक्रिया शुरु भएको छ । मतदान प्रक्रिया दुई बजेसम्म सम्पन्न हुनेछ भने कोभिडको सङ्क्रमण भएको सदस्य भएमा २:३० बजे लाइनमा नबसीकन सिधैँ मतदान गर्ने व्यवस्था गरिएको छ ।

सर्वोच्च बारको सदस्यका हुनका लागि कम्तीमा १० वर्ष कानून व्यवसायीका रूपमा काम गरेको हुनुपर्दछ । सर्वोच्च अदालतबाट कम्तीमा सातवटा फैसला भएको व्यवस्था रहेको छ । उक्त बारमा सदस्य जम्मा ६०५ कानूनी व्यवसायी मतदान गर्दै हुनुहुन्छ । सर्वोच्च बारले मत माग्दै प्रचारप्रसारका सामग्री बाँड्ने काममा पनि प्रतिबन्ध लगाएको छ ।