३१ बैशाख २०८१, सोमबार
Follow Us

ओलीले नेकपाको एकता भंग गरेर एमाले केन्द्रीय समितिको बैठक बोलाउने

नेपालब्रिटेन डट कम्
५ पुष २०७७, आईतवार १४:३०

काण्ठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरे पछि ओली पक्ष आफ्नो रणनीतिमा लागेको छ।

बालुवाटार निकटस्रोतका अनुसार ओलीले पूर्व माओवादीसंगको एकता औपचारिक रुपमा विघटन गरेको घोषणा गरेको पत्र निर्वाचन आयोगमा पठाउने तयारी गरेका छन् । उनले ‘सूर्य’ चिन्ह आफ्नो पक्षमा लिएर आगामी निर्वाचनमा जाने तयारीमा छन् ।

आज बसेको बैठकले ओलीलाई कारवाही गर्ने प्रस्ताव ७ गतेको केन्द्रीय कमिटीमा लैजाने प्रस्ताव गरेको गरेको थियो । सचिवालय बैठकमा ओली पक्षका नेताहरु सहभागि थिएनन्। ।