७ जेष्ठ २०८१, सोमबार
Follow Us

विघटन भएको संसद अदालतबाट पुर्नस्थापना हुने भट्टराईको विश्वास

नेपालब्रिटेन संवाददाता
६ पुष २०७७, सोमबार १०:१५

काठमाडौ । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अदालतबाट विघटन भएको संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका छन । मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले संवैधानिक अंगहरु स्वतन्त्र रहेको अवस्थामा संसद पुर्नस्थापना हुने विश्वास व्यक्त गरेका हुन ।

लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण आफुसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको भन्दै भट्टराईले अदालतले संविधानको रक्षा गर्ने र संसद पुर्नस्थापना हुने बताएका हुन ।

भट्टराईले प्रधानमन्त्री केपी ओलीले संसद विघटको प्रस्ताव गर्दा आफुहरुले रोक्ने धेरै प्रयास गरेपनि सम्भव नभएको बताए । प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक र अलोकतान्त्रिक भएको उनले जिकिर गरे । गत आइतबारको विकसित राजनीतिक घटनाक्रमसँगसँगै मन्त्री भट्टराईले आइतबार राजीनामा घोषणा गरेका थिए ।