२८ बैशाख २०८१, शुक्रबार
Follow Us

ओली पक्षको निर्णय : २०७८ मंसिर २ मा महाधिवेशन

नेपालब्रिटेन संवाददाता
७ पुष २०७७, मंगलवार ०८:०५

कठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमा ओलीको उक्त प्रस्ताव अनुमोदन भएको हो । हालै संसद् विघटन गराएका ओलीले आजै ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन पनि गरिसकेका छन् ।