२० बैशाख २०८१, बिहीबार
Follow Us

जसपाले काठमाडौंमा विरोध प्रदर्शन गर्दै

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७७, आईतवार ०३:३०

काठमाडौं । जनता समाजवादी पार्टी ‘जसपा’ले प्रतिनिधिसभा विघटनविरूद्ध आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरबाट संसद विघटन गरेको भन्दै जसपाले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।

पार्टीका शीर्ष नेताहरुको उपस्थितमा रत्नपार्कमा प्रदर्शन हुन लागेको हो । रत्नपार्क शान्ति बाटिकाबाट जुलुस शुरु भई पुतली सडक हुँदै पुनः त्यहीँ स्थानमा पुगेर कोण सभा गर्न लागेको हो ।

सभालाई डा. बाबुराम भट्टराई, महन्थ ठाकृुर र अशोक राईले सम्बोधन गर्ने कार्यक्रम छ । शनिवार जसपाले जिल्ला सदरमुकाम सहित मुख्य शहरमा मशाल जुलुस प्रदर्शन गरेको थियो ।

सो पार्टीले प्रतिनिधि सभा विघटन विरुद्ध जसपाले शुक्रबार विभिन्न स्थानमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको थियो । जसपाले संसद जीवितै रहेको भन्दै सभामुख अग्नि सापकोटालाई भेटेर बैठक बोलाउन समेत आग्रह गरिसकेको छ ।