३० बैशाख २०८१, आईतवार
Follow Us

थप ४१९ मा कोरोना पुष्टि, शनिबार ६ को निधन

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७७, शनिबार १२:०५

काठमाडौं । शनिबार ४ सय १९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार नमुना परिक्षण गरेकामा ४ सय १९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ सय ५० जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५३ हजार ८५७ कोरोना संक्रमित निको भइसकेको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ७० पुगेको छ ।