३१ बैशाख २०८१, सोमबार
Follow Us

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अर्को हप्ता भारत भ्रमणमा जाँदै

नेपालब्रिटेन संवाददाता
२१ पुष २०७७, मंगलवार ११:३४

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माग १ गते अर्थात जनवरी १४ मा भारत भ्रमणमा जाने भएका छन् । नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन मन्त्री ज्ञवाली नयाँदिल्ली जान लागेका हुन् । पछिल्लो समय नेपाल-भारत सम्बन्ध सुध्रिएको नेपालका प्रधानमन्त्री केपी ओलीले बताइरहँदा परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण तय भएको हो ।

यसअघि नै भारतीय विदेशसचिव हर्षवर्द्धन श्रींगलाले नेपाल भ्रमणका बेला नेपालका परराष्ट्रमन्त्री ज्ञवालीलाई भारत भ्रमणको निम्तो दिएका थिए । जनवरी १४ मा नयाँदिल्लीस्थित हुने मन्त्रीस्तरीय बैठकमा भारतको वार्ता टोलीको नेतृत्व भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले नेतृत्व गर्ने बताइएको छ । प्रधानमन्त्री केपी ओलीले नेपालको प्रतिनिधिसभा विघटन गरेपछि नेपालको तर्फबाट हुन लागेको यो पहिलो कुटनीतिक भ्रमण हो ।