२९ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना महामारीसँगै भारतमा बर्डफ्लुको त्रास

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७७, बुधबार ०४:१६

नयाँदिल्ली । कोरोना महामारीसँगै भारतमा बर्डफ्लुको पनि संक्रमण देखिएको छ । मध्य प्रदेश, गुजरात, केरला, हिमाञ्चल र महाराष्ट्रमा बर्डफ्लु फैलिएको हो ।

बर्डफ्लु फैलिएपछि हजारौं कुखुरा र पशुपन्छीहरु नष्ट गरिएको छ । मध्यप्रदेशमा कागबाट बर्डफ्लु फैलिएको स्वास्थ्यकर्मीले बताएका छन । हिमाञ्चल प्रदेशमा २ हजार चार सय पशुपन्छी बर्डफ्लुका कारण मरेका छन् ।

पन्छी मरेपछि हिमाञ्चलमा हाललाई कुखुरा, हाँस र पशुपन्छीको मासु प्रयोगमा प्रतिवन्ध लगाउन आग्रह गरिएको छ । बर्डफ्लु देखिएको राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्न र बिक्रीमा प्रतिबन्ध लगाईएको छ ।