२९ बैशाख २०८१, शनिबार
Follow Us

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७७, बुधबार १०:२३

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर शुन्य दशमलब छ प्रतिशतमा सीमित रहने अनुमान गरेको छ । सन् २०२१ मा विश्व बैंकले निकालेको पहिलो विश्वव्यापी आर्थिक परिदृष्य रिपोर्ट अनुसार चालू आर्थिक वर्ष अर्थात सन् २०२०/२१ मा नेपालको आर्थिक वृद्धिदर शून्य दशमलव छ प्रतिशतमै सीमित हुने देखिएको हो ।

केन्द्रीय तथ्यांक विभागले दुई दशमलब चार प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको समयमा विश्व बैंकको तथ्यांक आएको हो । विश्व बैंकले गत आर्थिक वर्षको वृद्धिदर शुन्य दशमलब दुई प्रतिशतमात्र भएको अनुमान गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण पर्यटन प्रभावित भएको, आन्तरिक आर्थिक गतिविधि सुस्त भएकाले आर्थिक वृद्धिदर संकुचित भएको बैंकको भनाइ छ । यो वर्ष पनि संक्रमणको जोखिम कायमै रहेको, खोप आएर सामन्य नहुँदासम्म पर्यटन फस्टाउने सम्भावना न्यून भएकाले वृद्धिदरले खासै गति नलिने उसको भनाइ छ ।

सन् २०२१ मा संसारको अर्थतन्त्र ४ प्रतिशतले बढ्ने अनुमान बैंकको छ । कोरोना भाइरसविरुद्धको खोप प्रभावकारीरुपमा आएको खण्डमा यो वृद्धिदर हाँसिल हुने बैंकको भनाइ छ ।

अमेरिकाको अर्थतन्त्र सन् २०२१ म ३ दशमलब ५ प्रतिशतले विस्तार हुने अनुमान छ । चीनमा सन् २०२१ म ५ प्रतिशतले विस्तार हुने अनुमान छ । सन् २०२० मा विश्व अर्थतन्त्रको वृद्धिदर चार दशमलब तीन प्रतिशत ऋणात्मक रहेको अनुमान छ ।

महामारीका कारण ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको छ, दशौं लाख मानिसहरू गरिबीको रेखामुनि धकेलिएका छन् भने आर्थिक गतिविधिमा डिप्रेसनको अवस्था देखिएको छ ।