२४ बैशाख २०८१, सोमबार
Follow Us

थप ४ सय १ जनामा संक्रमण पुष्टि, सोमबार १० जनाको निधन

नेपालब्रिटेन संवाददाता
१२ माघ २०७७, सोमबार ११:१७

काठमाडौं । पछिल्लो २४ घन्टामा ३ सय ३९ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ८ सय ५८ जनाको पीसीआर टेस्ट गर्दा १ सय ३३ महिला र २०६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । सोमबार ४ सय १ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमितसँगै नेपालमा २ लाख ६९ हजार ७ सय ८९ जना संक्रमण देखिएको थियो । २ लाख ६४ हजार ५ सय ३८ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । नेपालमा ९८ दशमलब १ प्रतिशत निको हुने दर रहेको हो ।

संक्रमणले स्वास्थ्य मन्त्रालयका कम्प्युटर अधिकृतसहित सोमबार १० जनाको निधन भयो । संक्रमणले आजसम्म २ हजार ११ जनाको निधन भइसकेको छ । आइसीयूमा १ सय ३७ जनाले उपचार गराइरहेका छन् भने भेन्टिलेटरमा १९ जनाको उपचार भइरहेको छ । त्यसमध्ये ११ जना बागमति प्रदेशका छन् । गण्डकीमा ६ र लुम्बिनीमा २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।