१ श्रावण २०८२, बिहीबार
Follow Us

प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

नेपालब्रिटेन संवाददाता
२७ माघ २०७७, मंगलवार ०३:२९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै हुनुहुन्छ । बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली आज बिहान ११ बजे आयोग जान लाग्नुभएको हो ।

प्रतिनिधिसभा विघटनसँगै नेकपाको आधिकारिकता विवाद बल्झिएपछि प्रधानमन्त्री ओली निर्वाचन आयोग जान लाग्नुभएको यो पहिलो पटक हो । आयोगले यसअघि नेकपाका दुवै पक्षका शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो । तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।

लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाको पुष्पकमल दाहाल पक्ष दलबलसहित निर्वाचन आयोग पुगेको थियो । ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा हुनुहुन्छ । त्यसैले उहाँले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिरहनुभएको छ ।

धेरै पढिएको