१ श्रावण २०८२, बिहीबार
Follow Us

८१ कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२९ माघ २०७७, बिहीबार ११:३५

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८१ जना कोरोना संक्रमित थपिएका छन् ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ११ जना संक्रमित निको भएका छन् ।हाल कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या २ हजार ५२ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १७ सय १८ जना रहेको छ । ८७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

धेरै पढिएको