२ श्रावण २०८२, शुक्रबार
Follow Us

जापानको फुकुसिमामा सात दशमलव एक रेक्टर स्केलको भूकम्प

नेपालब्रिटेन संवाददाता
२ फाल्गुन २०७७, आईतवार ०४:४९

टोकियो । जापानमा ७ दशमलव १ म्याग्नेच्युटको शक्तिशाली भुकम्प गएको छ । स्थानीय समय अनुसार शनिवार राति ११ बजेर ८ मिनेटमा फुकुशिमाको नामी शहर केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण ५० जना घाइते भएका छन् ।

तर फुकुशिमा आणविक केन्द्रमा भने कुनै क्षति नभएको अधिकारीहरुले जनाएका छन् । दर्जनौ घरहरुमा क्षति पुगेको छ । राजधानी टोकियोलगाएत शहरहरुका विद्युत आपूर्ति प्रभावित भएको छ ।

भूकम्प लगत्तै दुई वटा पराकम्प गएको थियो । तर सुनामीको चेतावनी भने दिइएको छैन । जापानमा यसअघि सन् २०११ मा फुकुशिमामा भूकम्प पछि आएको सुनामीका कारण १८ हजार भन्दा बढीको मृत्यु भएको थियो ।

धेरै पढिएको