२ जेष्ठ २०८१, बुधबार
Follow Us

सन्की प्रधानमन्त्रीले नेपाल अस्तव्यस्त बनाए: थापा

नेपालब्रिटेन संवाददाता
३ फाल्गुन २०७७, सोमबार १३:३५

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने बताएका छन् । चितवनमा आयोजित विरोध सभामा बोल्दै थापाले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेकोले त्यो पहिले सच्याउनुपर्ने बताए।

उनले प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीभन्दा पनि सन्की प्रधानमन्त्री अस्तव्यस्त नेपाल बनाएको पनि दाबी गरे । उनले चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा पर्न नहुने बताए । ‘चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा पर्न जरूरी छैन। पुनर्स्थापित संसदले देशलाई चुनावमा लैजान्छ। चुनावबाट जितेर आउने हो, ’थापाले भने ।

‘मेरो अदालत प्रधनमन्त्रीको धम्कीसँग नडराओस्’ उनले भने, ‘मेरो कुरा पनि नसुनोस्, प्रचण्ड र केपी ओलीको सभा पनि नहेरोस् । केबल संविधानमात्र हेरोस् ।’ विरोध सभामा प्रधानमन्त्री ओलीको सनकलाई अदालतले पाठ सिकाउनु पर्ने थापाले बताए ।