१५ बैशाख २०८१, शनिबार
Follow Us

आईओएम र एनआरएनएबीच छलफल

नेपालब्रिटेन डट कम्
३ फाल्गुन २०७७, सोमबार १५:५४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) र अन्तराष्ट्रिय आप्रवासी संगठन (आईओएम) बीच आपसी सहकार्यको लागि छलफल भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र अन्तराष्ट्रिय आप्रवासी संगठन (आईओएम) का नेपाल प्रमुख लोरेना ल्याण्डोकाबीच सोमबार काठमाण्डौंमा बैठक सम्पन्न भएको हो ।

बैठकमा मुख्यतया द्विपक्षीय हितका विषयमा कुराकानी भएको बैदेशिक रोजगार तथा कल्याणकारी विभागका ब्यवस्थापक राजेन्द्र कुमार राउतले जानकारी दिनुभयो ।

विशेष गरेर दुवै संस्थाबीच आगामी दिनहरुमा साझा उद्देश्य र बैदेशिक रोजगारमा गएका नेपाली श्रमिकहरुको भलाई तथा अन्य सरोकारका क्षेत्रमा रणनैतिकका बारेमा छलफल भएको हो ।

उक्त बैठकमा बैदेशिक रोजगार तथा कल्याणकारी विभागका तर्फबाट कार्यक्रम ब्यवस्थापक राजेन्द्र कुमार राउतको समेत उपस्थिति रहेको थियो ।