४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

प्रचण्ड–माधव समूहले बोलायो स्थायी कमिटी बैठक

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०७७, सोमबार ०५:४१

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ। आइतवार सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरेपछि आवश्यक छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।

बैठक आज बिहान ११ बजे बस्ने उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। साथै उनीहरूले आइतबार नै कानुन व्यवसायीहरूसँग छलफल पनि गरेका थिए । प्रचण्डलगायतका नेताहरुले सर्वोच्च अदालतको उक्त फैसला अपेक्षा गरे भन्दा बेग्लै भएको प्रतिक्रियासमेत दिएका छन्।