४ जेष्ठ २०८१, शुक्रबार
Follow Us

जुवातास खेलेर जितेको ४२ लाख रुपैयाँसहित घिमिरे पक्राउ

नेपालब्रिटेन संवाददाता
२८ फाल्गुन २०७७, शुक्रबार ०५:२४

भक्तपुर । भक्तपुर प्रहरीले स्रोत नखुलेको रु ४२ लाखसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले मध्यपुरथिमि-३ कौशल्टारस्थित अरनिको राजमार्ग सडकमा जाँचको क्रममा दोलखा घर भई हाल सूर्यविनायक नगरपालिका-३ बालकोट रोज भिलेज बस्ने सुमन घिमिरेको साथबाट रकम बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी वृत्त थिमिका अनुसार जाँचका क्रममा गाडीमा आइरहेका घिमिरेको साथबाट रु २७ लाख र निजको कोठा खानतलासी गर्दा थप रु १५ लाख बरामद भएको हो ।

प्रहरीले उक्त रकमको स्रोत खोज्दा बताउन नसकेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा घिमिरेले उक्त रकम जुवातास खेलेर जितेको हुनसक्ने बताएको छ ।