७ जेष्ठ २०८१, सोमबार
Follow Us

काँग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था कमजोर

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७७, मंगलवार १७:३१

काठमाडौं । मस्तिष्क घातको उपचार गराइरहेका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था कमजोर बनेको छ ।

नर्भिक अस्पताल स्रोतका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको बताएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।

फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । बिहान थप उपचारका लागि नर्भिक लगिएको हो ।

करिब २० दिनको निरन्तर उपचारपछि आज उनको स्वास्थ्य अवस्था नाजुक देखिएको र सुधारको सम्भावना कम भएको बताएको छ ।