८ जेष्ठ २०८१, मंगलवार
Follow Us

थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ५५ जना संक्रमणमुक्त

नेपालब्रिटेन संवाददाता
४ चैत्र २०७७, बुधबार १२:०७

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा बुधबार ९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यो सहित नेपालमा हालसम्म २ लाख ७५ हजार ५१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी आज ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सहित कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट कसैको पनि ज्या गएको छैन । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार १४ रहेको छ । हाल देशभर ९५४ सक्रिय संक्रमित रहेका छन्।