८ जेष्ठ २०८१, मंगलवार
Follow Us

नेपाल–खनाल पक्षीय सांसदहरुको बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०७७, बिहीबार ०५:११

काठमाडौं । सत्तारुढ नेकपा एमालेको ओली र नेपाल–खनाल पक्षबीचको आपसी तनाव झनै चर्किएको छ । नेपाल–खनाल पक्षले हिजोदेखि शुरु गरेको राष्ट्रिय कार्यकर्ता भेला र अध्यक्ष ओलीले आज बोलाएको संसदीय दलको बैठकका कारण एमालेभित्रको दुवै समूहबीचको आपसी तनाव चुलिएको हो ।

यही मेसोमा माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने निर्णय गरेपछि खनाल–नेपाल पक्षका सांसदहरुको बैठक ललितपुरको हेरिटेज गार्डेनमा बस्न लागेको हो ।

बैठकमा आगामी रणनीति तय गरिने एक सांसदले बताए । ओली पक्षले आफुहरुको भेलालाई प्रभावित गर्ने गरि संसदीय दलको बैठक बोलाएको निष्कर्ष निकालेको नेपाल–खनाल पक्षले संसदमा प्रस्तुत गर्ने रणनीति समेत तय गर्ने बताइएको छ ।