८ जेष्ठ २०८१, मंगलवार
Follow Us

नेपालले खरिद गरेको २० लाख डोज खोप दुई साताभित्र आइपुग्ने

नेपालब्रिटेन संवाददाता
७ चैत्र २०७७, शनिबार ०५:०४

काठमाडौं । भारतसँग खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । नेपालले खरिद गरेको २० लाख मात्रा खोप दुई साताभित्र नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै डब्लुएचओको पहलमा आउने कोभ्याक्स खोपको दोस्रोे लट पनि यसै महिना आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभ्याक्स अनुदानको २२ लाख ६८ हजार मात्रा खोप नेपालले पाउनेछ । त्यस अन्तर्गत हालसम्म तीन लाख ४८ हजार मात्रा खोप मात्रै भित्रिएको छ । दोस्रो चरणमा १९ लाख २० हजार मात्रामध्ये छ लाख मात्रा खोप मात्र आउने अपेक्षा गरिएको छ । स्थगित खोप अभियान खोप आउनासाथ फेरि सुरु हुने मन्त्रालयले जनाएको छ । अहिलेसम्म १७ लाख जनाले खोप पहिलो मात्रा लगाइसकेका छन् ।