२५ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनएद्धारा आइएलओ परियोजनामा भएको खर्च विवरण सार्वजनिक (दस्तावेज सहित)

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७७, बिहीबार १८:१५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगबाट प्राप्त करिब रु १० करोड बराबरको गैरआवासीय नेपाली श्रमिकहरुका लागि राहत तथा उद्दार कार्यक्रम भएको खर्च पूर्ण विवरण सार्वजनिक गरेको छ ।

गैरआवासीय नेपाली संघले विहीवार अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्हरुबाट १३ करोड रुपैया र यूएन अन्तर्गतका निकायबाट प्राप्त १० करोड गरी २३ करोड रुपैया बराबरको रकम परिचालनको फेरहिस्सा सार्वजनिक गरेको हो ।

विगत केही हप्ता देखी संघका केही पदाधिकारी र केही अनलाइन मिडियाले कपोकल्पित समाचार प्रकाशन गरे पछि संघले खर्चको विवरणपूर्ण रुपमा पारदर्शि भएको सर्वसाधारणको जानकारी दिएको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक कोभिड–१९ रोकथाम उच्चस्तरीय समिति गठन भई राहत, घर फिर्ति तथा पुर्नस्थापनाका लागि कार्यपत्रतयार गरियो र यसै कार्यपत्रको आधारमा नेपाल सरकार र विदेशस्थित नेपाली नियोगसँग सहकार्य गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

“नेपालीका लागि नेपाली” भन्ने मुख्य अवधारणा मनन गर्दै राष्ट्रिय समन्वय परिषद्बाट प्राप्त सहयोगबाट विभिन्न ५० देशका कम्तिमा पनि ३ सय भन्दा बढी शहरहरुमा रहेका करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरु प्रत्यक्ष लाभान्वित भएको संघले जनाएको छ ।

जसका लागि २५ सय भन्दा बढी स्वयंसेवकहरुले दिनरात सेवा दिइरहेका छन् । गैरआवासीय नेपालीहरुको मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर संघले टेलि –स्वास्थ्य र मानसिक स्वास्थ्य परामर्शको कार्यक्रम सञ्चालन गरेको छ ।

संसारभर २०० भन्दा बढी स्वास्थ्यकर्मीले निशुल्क सेवा उपलब्ध गराएका छन् । विभिन्न देशका नेपालीहरुको सहयोगबाट नेपाल सरकारलाई एनटिजेन टेष्ट किट, पीपीई, आई आर गन, सुज, कभर, के एन–९५ माक्स जस्तासामग्रीहरु उपलब्ध गराएको संघले जनाएको छ ।

हालसम्म कोभिड–१९ सम्बधित कारणले नेपाल बाहेक २१ देशक करीव ३४१ जना नेपालीहरुको मृत्यु भईसकेको छ भने ५३ देशमा ६३ हजार ३ सय ७ जना नेपाली संक्रमित भएका छन् ।