८ जेष्ठ २०८१, मंगलवार
Follow Us

माओवादी केन्द्रको स्थायी समिति बैठकमा तीनजना अनुपस्थित

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७७, बिहीबार ०५:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा १२ जना उपस्थित छन्, तीनजना अनुपस्थित छन् ।

अध्यक्ष प्रचण्डले काठमाडौंमा उपलव्ध स्थायी समिति सदस्यहरुको बैठक बोलाएका हुन् । काठमाडौं बाहिर रहेका चक्रपाणी खनाल, देवेन्द्र पौडेल र गिरिराजमणी पोखरेल अनुपस्थित रहेका छन् ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल केन्द्रित रहेको र निर्णय लिन सकिने एक स्थायी समिति सदस्यले बताए । सर्वोच्च अदालतको फैसलापछि नेकपाको एकता भंग भई पूर्ववत् अवस्थामा फर्किएपछि पनि माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।