८ जेष्ठ २०८१, मंगलवार
Follow Us

जिप दुर्घटनामा प्रशासकीय अधिकृतसहित चारको मृत्यु

नेपालब्रिटेन संवाददाता
१ बैशाख २०७८, बुधबार ०८:४९

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नयाँ वर्षमा स्वर्गद्वारी दर्शनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका १४ जना कर्मचारी बुधवार बिहान लु १ ज १६५५ नम्बरको सार्वजनिक जिपमा गएका थिए । स्वर्गद्वारी नगरपालिका–४ रुमाले भन्ने स्थानमा दुर्घटनामा परेको हो । सडकबाट झन्डै १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका ईश्वर भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो । प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिप चालकको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । जिपका चालकको भने परिचय खुलिसकेको छैन।