८ जेष्ठ २०८१, मंगलवार
Follow Us

मेरो कित्ता शुभारम्भ, डिजिटल प्रविधिबाट जग्गा जमिन हेर्न सकिने

नेपालब्रिटेन संवाददाता
१ बैशाख २०७८, बुधबार ०८:५७

काठमाडौ । नयाँ वर्ष सुरु भएसँगै सरकारले मेरो कित्ता नामक नयाँ कार्यक्रमको शुभारम्भ गरेको छ । यस कार्यक्रम लागु भएपछि जो कसैले डिजिटल प्रविधिबाट आफ्नो जग्गा जमिन आफु बसेकै ठाउँबाट हेर्न सक्ने छन् । नयाँ वर्षको अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ बर्षमा नयाँ कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले विभिन्न भूमिकामा रहेर राज्यलाई योगदान पुर्याएका र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तिहरुलाई प्रतिकात्मक ढंगले सम्मान गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सरकार नयाँ उत्साह र नयाँ आत्मविश्वासका साथ नयाँ बर्षमा प्रवेश गरेको भन्दै सुरु गरेका कार्यक्रमलाई पुरा गर्ने, अपुर्णतालाई पुरा गर्ने र नयाँ कार्यक्रमहरु सुरु गर्ने उद्घोष गरे ।