८ जेष्ठ २०८१, मंगलवार
Follow Us

पछिल्लो २४ घण्टामा ११२ बालबालिका कोरोना संक्रमित

नेपालब्रिटेन संवाददाता
५ बैशाख २०७८, आईतवार १२:३६

काठमाडौँ । पछिल्लो २४ घण्टामा ११२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ० देखि ९ वर्ष उमेर समूहका २१ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार मात्रै ९१ जना बालबालिकामा कोरोना संक्रमित भेटिएका थिए । यसअघि शुक्रबार पनि कोरोना संक्रमित बालबालिकाको संख्या ८१ थियो।

पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये काठमाडौँ जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।