१८ बैशाख २०८१, मंगलवार
Follow Us

मलेसियाविरुद्ध नेपालको शानदार जित

नेपालब्रिटेन संवाददाता
६ बैशाख २०७८, सोमबार १२:०३

काठमाडौं । कुशल भूर्तेलको अर्धशतकसँगै नेपालले ट्राई नेसन ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियालाई नौ विकेटले पराजित गरेको छ ।नेपालले ४७ बल बाँकी रहँदै नौ विकेटको फराकिलो जित हासिल गरेको हो ।

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १२.१ ओभरमा कुनै विकेट नगुमाइ ११० रनको लक्ष्य पूरा गर्यो ।

नेपालका लागि आक्रामक ब्याटिङ गरेका ओपनर कुशलले ४१ बलमा ३ चौका र ५ छक्कासहित अविजित ६१ रनको इनिङ खेले । यसै सिरिजमार्फत् ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका दुई खेलाडी कुशल र आशिफ शेखले १०२ रनको शतकीय साझेदारी गर्दै शानदार सुरुआत दिलाएका थिए ।