२८ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालसहित २० जनालाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण माग

नेपालब्रिटेन संवाददाता
६ बैशाख २०७८, सोमबार १२:०६

काठमाडौ । नेकपा एमालेले माधव नेपाल सहित २० जना नेताहरुसँग अन्तिम स्पष्टीकरण सोध्ने भएको छ । सोमवार बसेको केन्द्रीय कमिटी बैठकले नेकपा एमालेले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र कर्णालीमा पाँच सांसदलाई अन्तिम चेतावनीसहितको स्पष्टीकरण सोध्नेनिर्णय गरेको हो।

बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा, कुर्मराज शाही र देवी ओलीसहित थप २० जनालाई २ दिनको समयसीमासहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गतेको बैठकले कारवाही गर्ने बताइएको छ ।